इरानसँग तनाव बढेपछि पाकिस्तानी प्रधानमन्त्रीले बोलाए आपत्कालीन सुरक्षा बैठक  

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री अनवर उल हक काकरले हालै इरानी क्षेत्रमा ‘आतङ्कवादविरूद्ध’ को लक्ष्यमा हवाई आक्रमणपछि शुक्रबार सेना र गुप्तचर प्रमुखसँग आपतकालीन सुरक्षा बैठक बोलाएका छन्।दुई देशबीचको साझा सीमा क्षेत्र बलुचिस्तानमा भएको दुर्लभ सैन्य कारबाहीले इजरायल–हमास युद्धका कारण उत्पन्न क्षेत्रीय तनावलाई थप बढावा दिएको छ।

इरानले मङ्गलबार राति पाकिस्तानमा रहेको ‘आतङ्कवादी’ लक्ष्यमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको बताएको थियो भने पाकिस्तानले बिहीबार इरानभित्र रहेका लडाकू लक्षित गरी आक्रमण गरेको बताएको थियो।

यसैबीच दुई आणविक शक्तिराष्ट्रमा भएको तनावपछि संयुक्त राष्ट्रसङ्घ र संयुक्त राज्य अमेरिकाले संयमका लागि अपिल गरेका छन् भने चीनले दुई देशबीच मध्यस्थता गर्ने प्रस्ताव गरेको छ। ‘प्रधानमन्त्रीले आज बस्ने भनिएको राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाउनुभएको छ,’ प्रधानमन्त्रीको कार्यालयका प्रवक्ताले एएफपीलाई बताए।

इस्लामावादका सुरक्षा अधिकारीका अनुसार सेना प्रमुख र गुप्तचर निकायका प्रमुख मध्याह्नको बैठकमा सहभागी हुनेछन्। विवादका कारण पाकिस्तानी प्रधानमन्त्री काकरले स्वीट्जरल्यान्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको आफ्नो भ्रमण छोट्याएका छन्।