सालकको खपेटासहित दुईजना पक्राउ

काठमाडौँ । कैलालीमा सालकको खपेटासहित दुईजना पक्राउ परेका छन् । बर्दगोरिया गाउँपालिका–६ स्थित सडकबाट सालकको खपेटा ११ किलो १०० ग्रामसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भजनी नगरपालिका–८ बस्ने ३५ वर्षीय पर्शुराम चौधरी र जोशीपुर गाउँपालिका–४ बस्ने ३२ वर्षीय प्रेम चौधरी रहेका छन् ।

प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय सुखड कैलालीबाट खटिएको प्रहरीले सु.प.प्र.०१००८ प ३५१२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा खपेटासहित पक्राउ गरेको हो ।