सुन र हुन्डी कारोबारमा संलग्न अग्रवाल दुई करोड नगदसहित पक्राउ

काठमडौँ । सुन र हुन्डी कारोबारमा संलग्न  भएको आरोपमा  कपडा व्यापारी नरेश अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ।

बिहीबार राति क्षेत्रपाटीस्थित उनको निवासमा राजस्व अनुसन्धान विभागले उनलाई पक्राउ गरेको हो। ग्रवालबाट २ हजार अमेरिकी डलर पनि बरामद भएको विभागले जनाएको छ।

ती अधिकारीका अनुसार अवैध धन्दामा लागेको शंकामा अग्रवाललाई लामो समयदेखि निगरानीमा राखिएको थियो। उनी क्रिप्टोकरेन्सीमा समेत संलग्न रहेको विभागको अनुमान छ। अहिले उनलाई राजस्वको हिरासतमा राखिएको छ।