विद्यालयबाट पिकनिक गएको डुंगा पल्टिँदा १६ जनाको मृत्यु  

एजेन्सी । भारतको गुजरातमा रहेको  हर्नी तालमा  डुंगा डुब्दा १६ जनाको मृत्यु भएको छ ।

गुजरातको बदोदरामा रहेको हर्नी तालमा भएको दूर्घटनामा १४ जना विद्यार्थी र दुई शिक्षकको ज्यान गएको हो । पाँच जना बालबालिकालाई भने जिवितै उद्धार गरिएको छ ।

विद्यालयबाट पिकनिक गएको समुह डुंगा दुर्घटनामा परेको हो । क्षमताभन्दा बढी यात्रु बोकेको तथा याुत्रहरुलाई लाइफ ज्याकेट समेत नदिएका कारण घटनामा धेरैले ज्यान गुमाएको भारतीय संचार माध्यमले जनाएका छन् ।

भारत सरकारले घटनाप्रति गहिरो समवेदना प्रकट गर्दै मृतकका परिवारलाई क्षतिपुर्ति दिने घोषणा गरेको छ ।