चिलीमा नयाँ संविधानको लागि दोस्रो जनमत सङ्ग्रह

काठमाण्डौँ  - चिलीमा निरङ्कुसकालको संविधानलाई प्रतिस्थापन गर्ने उद्देश्यले दोस्रो जनमत सङ्ग्रहका लागि मतदान भएको छ । सन् २०२२ को सेप्टेम्बरमा वातावरणीय संरक्षण र वैकल्पिक गर्भपतनको अधिकारलाई सुनिश्चित गर्ने प्रगतिशील मस्यौदालाई मतदाताले अस्वीकार गरेपछि विपक्षी रिपब्लिकन पार्टीले यसमा सामान्य सुधार गरेको थियो ।

बामपन्थी राष्ट्रपति गेब्रियल बोरिकले गएको महिना स्थिरता र दीर्घकालीन विकासमा ध्यान केन्द्रित गर्न संविधान संशोधनको यो अन्तिम प्रयास हुने बताएका छन् । 

निरङ्कुश सैन्य शासक अगस्टो पिनोचेटको समयमा लेखिएको सन् १९८० को संविधानलाई पुनर्लेखन गर्ने प्रक्रिया २०१९ को अक्टोबरमा शुरु भएको जनप्रदर्शनलाई कम गर्ने प्रयासको रूपमा शुरु भएको थियो । सन् २०२० को जनमत सङ्ग्रहमा ८० प्रतिशतले संविधान प्रतिस्थापनको पक्षमा मतदान गरेका थिए ।