काठमाडौँको बानेश्वरमा भासियो सडक

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरमा सडक भासिएको छ । बानेश्वरदेखि शङ्खमूल जाने बाटोमा आइतबार दिउँसो खाल्डो परेको हो ।

अहिले त्यहाँ खाल्डो पुर्नको लागि काठमाडौँ महानगरको डोजर लगिएको छ । वर्षातका कारण काठमाडौँ उपत्यकाका विभिन्न सडकहरू भासिन थालेका हुन् ।

यसअघि गत साउन २५ मा काठमाडौँको कमलादी र साउन ३० गते ललितपुरको इमाडोल सडक पनि भासिएको थियो ।