प्रधानमन्त्री ओलीलाई लोसपाले विश्वासको मत दिने

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने  निर्णय गरेको छ ।

आज  बिहीबार पार्टी अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका प्रमुख सचेतक रामप्रकाश चौधरीले जानकारी दिए।

वर्तमान सरकारलाई समर्थन गरेको लोसपाका तर्फबाट नेता शरदसिंह भण्डारी श्रम तथा रोजगारमन्त्री छन्। प्रतिनिधिसभामा लोसपाका ४ सांसद छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानबमोजिम यही साउन ६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रम छ।