द्वारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठको निधन  

काठमाडौँ । द्वारिकाज होटल तथा रिसोर्टकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ । ९२ वर्षीय श्रेष्ठको बिहीबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

निमोनियाबाट पीडित श्रेष्ठ २ महिनायता उपचाररत थिइन् । भोलि शुक्रबार पशुपतिमा दाहसंस्कार गरिने परिवारले जनाएको छ ।

उनी १ छोरी र २ नातिसँगै बस्दै आएकी थिइन् । श्रीमान् द्वारिकादास श्रेष्ठको सपना पूरा गर्न उनले द्वारिकाज होटल सञ्चालनमा ल्याएकी थिइन् । सन् १९९१ देखि उनले पूर्ण रूपमा द्वारिकाजको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।