खोलाले बगाउँदा एक जनाको मृत्यु  

काठमाडौँ । रुकुम खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ मा बिहीबार खोलाले बगाउँदा सिलागाउँका ५५ वर्षीय चन्द्रे पुनको मृत्यु भएको हो ।

काफचौर तर्ने क्रममा खोलाले बगाउँदा पुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबिसकोटका प्रहरी निरीक्षक नविन मरासिनीले जानकारी दिए।

उनको शव ढुङ्गा र माटोले पुरिएको अवस्थामा फेला परेको प्रहरी निरिक्षक मरासिनीले बताए ।