साउन ७ गते प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोउत्तर कार्यक्रम हुने

काठमाडौँ । प्रतिनिधिसभामा साउन ७ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ ।

बिहीबार सिंहदरबारमा सभामुख र पार्टीका सचेतकहरुबीच भएको छलफलपछि कुरा गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले साउन ७ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने जानकारी दिएका हुन् ।

प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वास मत लिने र साउन ७ गते प्रतिनिधि सभामा सांसदहरूसँग प्रत्यक्ष प्रश्नोउत्तर गर्ने कार्यक्रम पनि तय भएको छ ।

असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीले साउन ६ गते प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिन लागेका हुन् ।