जनकपुरमा २३ वर्षीया युवती र नौं महिनाकी बालिका जलेको अबस्थामा शव फेला !

 काठमाण्डौँ - जनकपुरधाम उपमहानगरपालिका–१६ पुल चोकको रेल्वे लिक नजिकैको पोखरीको डिलमा एक युवती र बालिका जलिरहेको अवस्थामा मृत भेटिएका छन् ।

युवती र बालिका जलिरहेको अवस्थामा देखेपछि स्थानीयले बुधवार राति करिब ९ बजे प्रहरीलाई खबर गरेको थियो । प्रहरी पुग्दासम्म युवती र बालिकाको ज्यान गइसकेको थियो । राति नै दुवैको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएका थियो ।

मृतक युवती महोत्तरीको मनरासिसा नगरपालिका–२ की २३ वर्षीया मप्रियंका महतो रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिएका छन् । जलेर मृत्यु भएकी बालिका करिब ८,९ महिनाकी छन् । उनी मृतक युवतीकै छोरी रहेको अनुमान प्रहरीको छ । तर पुष्टि भएको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।