मनकामना केबलकार भोलि बन्द हुने

चितवन - मनकामना केबलकार शुक्रबार एक दिनका लागि बन्द हुने भएको छ ।
केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले यही वैशाख ७ गते भोलि केबलकारको सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ ।

सेवा शनिबारदेखि नियमित सञ्चालनमा आउने प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।

चितवनको इच्छाकामना गाउँपालिका ४ कुरिनटारबाट गोरखाको सहिदलखन गाउँपालिका ३ स्थित प्रसिद्ध धार्मिकस्थल मनकामनामाइको मन्दिर जाने भक्तजनको सहजताका लागि विसं २०५५ मा उक्त केबलकार सञ्चालनमा ल्याइएको हो ।