अर्थतन्त्रको सूचांक सकारात्मक छ भन्ने सरकारको दाबी आंशिक मात्रै सत्य रहेको गगन थापाको दाबी

काठमाडौँ ।  सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले अर्थतन्त्रको सूचांक सकारात्मक छ भन्ने सरकारको दाबी आंशिक मात्रै सत्य रहेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभामा उनले अर्थतन्त्र सुधारका लागि उल्लेख्य केही काम नगरेको टिप्पणी गरेका हुन्। प्रधानमन्त्रीलाई प्रश्न गर्ने क्रममा सांसद थापाले भने, ‘नेपालका अर्थतन्त्रको सूचांक सकारात्मक छ भन्ने सकारको दाबी आंशिक सत्य छ। अथवा मिल्दैन भन्न पनि मिल्छ।’

उनले विदेशी मुद्राको सञ्चिति आयात घटेकाले बढेको र बजार शिथिल भएको कारण आयात घटेको बताए। ‘विदेशी मुद्रा सञ्‍चितिको अवस्था सवल छ। किन भने आयात घटेको छ’, उनले भने।