इजरायली आक्रमणबाट गाजा शहरमा कम्तीमा २५ जना  प्यालेस्टाइनीको मृत्यु

एजेन्सी । इजरायली  हवाई आक्रमणबाट गाजा शहरमा २५ जना प्यालेस्टँइनीको मृत्यु भएको छ । इजरायली विस्फोटमा परेको गाजा शहरको दराज नजिकैको भग्नावशेषबाट २५ जनाको शव निकालिएको प्रतिवेदनले जनाएको छ ।

थप दर्जनौं घाइते भएका छन् । गाजास्थित स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा इजरायली फायरबाट गाजा पट्टीमा १६३ प्यालेस्टाइनीको मृत्यु भएको र ३५० जना घाइते भएको बताइएको छ । यो सँगै इजरायली आक्रमणबाट हुने प्यालेस्टाइनीकोे संख्या २४ हजार ४४८ र घाइतेहरूको संख्या ६१ हजार ५०४ पुगेको छ ।