मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी ३२ वर्षपछि पक्राउ

काठमाडौँ । मानव बेचबिखन मुद्दाका फरार प्रतिवादीलाई ३२ वर्षपछि पक्राउ गरी आज सार्वजनिक गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङ मेत्रावती गाउँपालिका(२ भर घएका ५७ वर्षीय वीरबहादुर तामाङ रहेका छन् । अभियुत्त तामाङले एक महिलालाई ब्रुनाई पठाइदिने भनि झुक्याई २०४७ साल चैत्र ३ गते काठमाडौँबाट काकरभिट्टा हुँदै पश्चिम बङगालको बागडोग्रामा पु¥याई भारतीय नागरिकलाई बेचेका  ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक कृष्णप्रसाद पगेनीले जानकारी दिए ।

निजलाई ब्युरोबाट खटिएको टोलीले यही माघ ३ गते ललितपुरबाट पक्राउ गरेको हो । पक्राउ परेका निज तामाङविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता तथा प्रहरी उपरीक्षक पगेनीले बताए ।