१५ लाख रुपैयाँ घुससहित वडाध्यक्ष पक्राउ

काठमाडौँ ।  १५ लाख रुपैयाँ घुस रकमसहित बनेपा नगरपालिकाका वडाध्यक्ष पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बनेपा ९ का वडाध्यक्ष ४२ वर्षीय नृपेश बादेलाई नियन्त्रणमा लिएको  हो । 

उनलाई मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ । अख्तियारले वडाध्यक्ष बादेसँगै आएका बा ७ च १२९ नम्बरको कार चालक बाह्रबिसे नगरपालिका–७ मिलनटारका ३१ वर्षीय पदमबहादुर प्रधानलाई पनि गाडीसहित नियन्त्रणमा लिएको छ ।