भीड नियन्त्रणमा घातक हतियारको प्रयोग निषेधको माग गर्दै दायर रिटको पेसी आज   

काठमाडौँ ।  भीड नियन्त्रणका लागि घातक हतियारको प्रयोगमा प्रतिबन्ध लगाउन माग गर्दै दायर रिटको पेसी आजलाई तोकिएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा सर्वोच्चले आजका लागि पेसी तोकेको छ । पछिल्लो समय प्रदर्शनकै क्रममा ललितपुरको बालकुमारीमा दुई युवा र सर्लाहीको बरहथवामा एक युवकको प्रहरीको गोलीबाट मुत्यु भएको प्रकरणलाई आधार बनाएर अधिवक्ता त्रिपाठीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।