थाइल्याण्डमा पटाका कारखानामा विष्फोट हुँदा कम्तिमा २३ जनाको मृत्यु

काठमाडौँ - थाइल्याण्डको पटका कारखानामा विस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ । राजधानी बैंककबाट ६० माइल उत्तर पश्चिममा रहेको कारखानामा विस्फोटहुँदा अन्य केही घाइते भएका छन् ।

विस्फोटको कारण अझै खुलेको छैन । विस्फोटको कारणबारे अनुसन्धान भइरहेको स्काइ न्यूजले जनाएको छ । विष्फोटका कारण नजिकका अन्य संरचना क्षति नभएको प्रहरीले जनाएको छ ।