पुस ७ गतेदेखि नारायणगढ–मुग्लिन सडक दैनिक चार घण्टा बन्द

काठमाण्डौँ - यही पुस ७ गते शनिवारदेखि नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक चार घण्टा बन्द हुने भएको छ ।

सडक आयोजनाका इन्जिनियर कृष्ण आचार्यका अनुसार पुस ७ गतेदेखि तीन हप्तासम्म हरेक दिन बिहान ११ बजेदेखि ३ बजेसम्म उक्त सडकखण्ड बन्द गरिने छ । तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्ने प्रयोजनका लागि यो सडक खण्ड बन्द गर्न लागिएको हो ।

तीन हप्तासम्म दैनिक चार घण्टा सडक बन्द गरेर पहाड काट्ने तथा लका लागि फाउण्डेशन तयार गरिने छ ।