प्रथम पटक मदन पुरस्कार विजेता चित्तरञ्जन नेपालीको निधन 

 काठमाण्डौँ - नेपाली इतिहासकार तथा प्रशासक चित्तरञ्जन नेपालीको निधन भएको छ । उनी ९२ वर्षको उमेरमा आज राजधानीको ओम अस्पतालमा निधन भएको हो । सामाजिक शास्त्र विषयमा जनरल भीमसेन थापा र तत्कालीन नेपाल नामक ग्रन्थका लागि उनले २०१३ सालको मदन पुरस्कार पाएका थिए । नेपाल भाषामा समेत कलम चलाएका उनको खास नाम नारायणप्रसाद राजभण्डारी हो ।

प्रख्यात इतिहासकार नेपाली केही समय परराष्ट्र मन्त्रालयको सेवामा रहेपछि गृह मन्त्रालयमा सरुवा भएका थिए । उनले नेपाली भाषामा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेको थियो । 

साहित्यकारहरु विजय मल्ल, गोपाल प्रसाद रिमाल, गोविन्दबहादुर मल्ल, श्यामदास वैष्णव उहाँका समकालीन मित्र हुन् । पिता सरदार मेदिनी प्रसाद राजभण्डारी इतिहासकार बाबुराम आचार्यका नजिकका साथी थिए । नेपालीका कतिपय कविता र ऐतिहासिक लेख रचना शारदा पत्रिकामा प्रकाशित भएका थिए ।