पोखरामा आजदेखि लाइभ म्युजिक, डिस्को र दोहोरी रातभर खुल्ने

काठमाडौँ । पोखरामा आजदेखि  लाइभ म्युजिक, डिस्को र दोहोरी रातभर खुल्ने भएका छन् ।

आज आइतबार पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यस्तो घोषणा गरेका हुन् ।

जै साँझदेखि लागु हुनेगरी निश्चित मापदण्ड बनाएर पोखराको लेकसाइड इलाका, पृथ्वीचोक महेन्द्रपुल, चिप्लेढुंगामा बार, रेष्टुरेन्ट, स्पा, किराना तथा खाजा पसलहरू रातको एक बजेसम्म निर्वाधरूपमा सञ्चालन हुने बताए ।

उनले भने, ‘आजै साँझदेखि लागु हुनेगरी निश्चित मापदण्ड बनाएर पोखराको लेकसाइड इलाका, पृथ्वीचोक महेन्द्रपुल, चिप्लेढुंगामा बार, रेष्टुरेन्ट, स्पा, किराना तथा खाजा पसलहरू रातको एक बजेसम्म निर्वाधरूपमा सञ्चालन हुनेछन् । साथै डिस्को, दोहोरी, लाइभ म्युजिक जस्ता व्यवसायहरू रातभर खुल्नेकुरा जानकारी गराउन चाहन्छु । राउन्ड फेवा, भिीउ फेवा ट्रेकिङ ट्रेल आगामी दिनबाट सञ्चालन गर्नेछौँ,’ उनले भने ।