काश्मिरमा बस दुर्घटना, ३६ जनाको मृत्यु

काठमाण्डौँ - भारत नियन्त्रित काश्मिरमा बुधबार यात्रु वाहाक बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु  भएको छ ।  दुर्घटनामा अन्य १९ जना घाइते भएका छन् । बस पहाडी सडकबाट चिप्लिएर गहिरो खाडलमा खस्दा सो दुर्घटना भएको बताइएको छ ।  
 
किश्तवाडबाट जम्मू जाँदै गरेको बस डोडा जिल्लाको असर क्षेत्रको त्रुङ्गल नजिक सडकबाट करिब २५० मिटर तल खसेको छ ।