अप्पर स्याङ्गे हाईड्रोपावरले असार १० गतेदेखि आईपीओ जारी गर्दै 

काठमाडौँ - अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडले असार १० गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । 
कम्पनीले १३ हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरी ५ लाख ३९ हजार ५०० कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो । 

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । आईपीओ विक्री अवधि छिटोमा असार १३ गतेसम्मका लागि तोकिएको छ । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा ढिलोमा असार २४ गतेसम्म आवेदन दिन सकिने छ । 
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।