दुई अर्ब ८२ करोड अपचलन गरी फरार सहकारी सञ्चालक थापासहित चार जना पक्राउ

काठमाडौँ - कृषि विकास बहुउदेश्य सहकारी संस्थाका सञ्चालक तेजविक्रम थापासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । बचतकर्ताको दुई अर्ब ८२ करोड रुपैयाँ रकम अपचलन गरेर फरार भएका थापासहितका सञ्चालकलाई उपत्यका अपराध महाशाखाको टोलीले पक्राउ गरेको स्रोतले जानकारी दिएको छ ।

आजै पत्रकार सम्मेलन गरेर विस्तुत सार्वजनिक गर्ने तयारी गरेको छ । थापा तनहुँका नेपाली कांग्रेसका नेता पनि हुन् । सहकारी प्रकरणबारे छानबिन गर्न बनेको संसदीय समितिको कार्यादेश टीओआरमा पनि उक्त सहकारीको नाम उल्लेख गरिएको छ । थापा संलग्न कृषि सहकारीको पनि छानबिन हुने टीओआरमा उल्लेख गरिएको छ । समस्याग्रस्त र सार्वजनिक रुपमा प्रश्न उठेका २९ सहकारी संस्थाको नाममा उक्त सहकारीको नाम उल्लेख गरिएको छ ।