सुनको मूल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ? 

 काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य बढेको छ। शुक्रबार सुनको मूल्य प्रति तोलामा १ लाख ११ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

बिहीबार प्रति तोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज ८ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजाबी सुनको मूल्य १ लाख ११ हजार २ सय ५० रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय २५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला २० रुपैयाँले बढेको छ । बिहीबार चाँदी प्रति तोला १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भइरहेको थियो ।