बैंकहरूले कर्जाको व्याजदर घटाए !

 काठमाडौँ - बैंकहरूले कर्जाको व्याजदर घटाएका छन् । बैंकहरूको आधारदर ०.२ देखि ०.५ प्रतिशतसम्म घटेको छ । आधारदर घटेसँगै ऋणको व्याजदर पनि सोही अनुपातमा घटेको एभरेष्ट बैंकका सीईओ सुदेश खालिङले बताए ।

खालिङले स्प्रेडदर कर्जा र निक्षेपको ब्याजदरबीचको अन्तर पनि असारमा ४ प्रतिशतमा ल्याइसक्नुपर्ने भएकाले कतिपय बैंकहरूले बेसरेटभन्दा केही कममा पनि ऋण प्रवाह गर्नसक्ने बताए । यद्यपि त्यसमा प्रिमियम भने जोडिन्छ । राष्ट्र बैंकको तथ्यांकअनुसार चैतमा १२.८४ प्रतिशत रहेको कर्जाको औसत ब्याजदर वैशाखमा १२.६५ प्रतिशत थियो । जेठमा १२.४५ प्रतिशतमा झरेको छ । योसँगै ऋणको व्याजदर पनि यही अनुपातमा घटेको हो ।