तारेभिरमा मृत भेटिएकी युवतीको हत्या आरोपमा एक जना पक्राउ

काठमाडौँ । तारेभिरमा मृत अवस्थामा भेटिएकी सुस्मा लामाको हत्या आरोपमा एक जना युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–३ का २१ वर्षीय रुपेन्द्र लामा रहेका छन् । आरोपी लामालाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

१२ कक्षामा अध्ययनरत १८ वर्षीया सुस्मा लामालाई हत्या गरेर गाडेको अवस्थामा फागुन २५ मा प्रहरीले शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रको तारेभिरबाट शव उत्खनन् गरेको थियो ।