पहुँचयोग्य सडक संरचना बनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर

काठमाडौँ - अपांगता भएका व्यक्तिहरूको लागि पहुँचयोग्य सडक संरचना बनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

कानूनमा उल्लेख भए अनुसार अपांगता भएका व्यक्तिहरूकोे लागि पहुँचयोग्य सडक संरचना नभएको र भएको संरचनाले पनि हिँडडुल गर्न सहज नभएको भन्दै विक्रम पोखरेल, रोशनी अधिकारी, विशाल भट्ट र शुसान्त विडारीले रिट दर्ता गरेका हुन् । उनीहरू कानूनका विद्यार्थी हुन् ।

सरकार र सरोकारवाला निकायले कानूनी व्यबस्थाको खिल्ली उडाइ सडक संरचना निर्माण गरेको र उक्त गैरकानूनी तवरबाट बनाइएको भौतिक संरचना तत्काल हटाइ पहुँचयोग्य निर्माण आवश्यक भएकोले उत्प्रेषण, परमादेशसहितको आदेश माग गरेको रिट दर्ता गर्नेमध्येका विक्रमले बताए ।