नेप्से झन्डै ६ महिनायताकै उच्च विन्दुमा : सुचक ५४ अंकले बढ्यो, कारोवार रकम कति ? 

 काठमाडौँ - सेयर कारोबार साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक भारी अंकले बढेको छ ।  नेप्से परिसूचक ५४.५४ अंकले बढेर २१७५.१७ विन्दुमा कायम भएको छ । सेन्सेटिभ इण्डेक्स २.३८ प्रतिशतले बढेको हो । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०४ कम्पनीको २३ करोड ३७ लाख ५३ कित्ता सेयर ८ अर्ब २ करोड ३८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ।
नेप्से झन्डै ६ महिनायताकै उच्च विन्दुमा पुगेको हो । यसअघि गएको साउन ८ गते नेप्से २२ सय विन्दुमा पुगेको थियो ।

आज सबै समूहको शेयर बढेकोमा बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, विकास बैंक, हाइड्रोपावर, फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज १२ वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । समग्रमा बजार बढे पनि ज्योति विकास बैंक बोन्ड २०८७ को शेयरमा नकारात्मक सर्किट लागेको छ ।

आज २ करोड ३३ लाख कित्ता शेयर ८ अर्ब २ करोड रुपैयाँमा कारोबार भएको छ ।