उत्तरी गाजामा भाग्दै गरेका प्यालेस्टाइनीहरूको भीडमा आक्रमण, धेरै बालबालिकाको मृत्यु

काठमाडौँ - शुक्रबार साँझ उत्तरी गाजाबाट निस्किएको प्यालेस्टिनीहरूको भीडमा हमला भएको खबर आएको थियो। हमलासँग सम्बन्धित भिडियो फुटेज हेरेर अनुसन्धान गरेपछि अब बीबीसी भेरिफाइ टोलीले यसको पुष्टि गरेको छ ।

बीबीसी भेरिफाइले यो हमला सलाह अलदिन रोडमा भएको बताएको छ । यो उत्तरी गाजाबाट दक्षिणतर्फ जाने दुईवटा निकासी मार्गहरू मध्ये एक हो, जसबाट नागरिकहरू गुज्रिरहेका छन् । 

इजरायली सेनाले उत्तरी गाजामा बसोबास गर्ने सर्वसाधारणलाई अपराह्न ४ बजेसम्म इलाका खाली गर्न भनेको थियो। त्यसपछि यी रुटहरूमा भीड लाग्ने गरेको छ । शुक्रबारको भीडमा भएको आक्रमणपछि उपलब्ध फुटेजमा कम्तीमा १२ जनाको शव देखिन्छ । जसमध्ये अधिकांश महिला र बालबालिका रहेका छन् ।

बालबालिकामध्ये केही दुईदेखि पाँच वर्षका बीचका देखिन्छन्। फुटेजमा देखिने मानिसको छायाबाट स्थानीय समय अनुसार साँझ ५।३० बजे रेकर्ड गरिएको देखिन्छ ।