जाजरकोटमा भीरबाट लडेर बालिकाको मृत्यु

काठमाडौँ । जाजरकोटमा भीरबाट लडेर एक बालिकाको मृत्यु भएको छ। छेडागाड नगरपालिका-१ जाल्माका डिलबहादुर नेपालीकी छोरी १४ वर्षीया मनिषाको मृत्यु भएको हो। 

बुधबार घर नजिकैको जङ्गलमा घाँस काट्न गएको वेला उनी भीरबाट लडेको प्रहरीले जनाएको छ।