तान्जानियामा दु:खद दुर्घटना, सुन खानी भत्किँदा २२ जनाको मृत्यु

 काठमाडौँ - तान्जानियामा एउटा ठूलो दुर्घटना भएको छ । भारी वर्षापछि खानी भत्किँदा २२ जनाको मृत्यु भएको छ । भारी वर्षाका कारण गतिविधिमा प्रतिबन्ध लगाइएका खानीमा २४ देखि ३८ वर्ष उमेर समूहका मानिसहरु खानीको काम गरिरहेको अधिकारीहरुले बताएका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार जिल्ला आयुक्त साइमन सिमेलेंगाले सुरुमा १९ देखि २० जना खानीमा फसेको बताइएका थिए तर दुर्भाग्यवश २२ जनाको शव निकालिएको छ । खोजी तथा उद्धार कार्य जारी रहेको उनले बताए । तर, भग्नावशेषमुनि पुरिएका सबैको शव निकालिएको छ । यो दुर्घटना सिमियु क्षेत्रमा भएको हो ।