अरुण नदीमा जलसतह बढ्यो, सर्तकता अपनाउन आग्रह

संखुवासभा- अविरल वर्षासँगै अरुण नदीमा जलसतह बढेको छ । जलसतह बढसँगै स्थानीय प्रशासनले सतर्कता अपनाउन तल्लो तटका बासिन्दालाई आग्रह गरेको छ ।

स्थानीय प्रशासनले खोला, नदीमा जलसतह बढेको खण्डमा स्थानीय प्रशासन वा नजिकको प्रहरीलाई खबर गर्न आग्रह गरेको छ ।