सरकारका अधुरा आयोजना सम्पन्न गर्न साढे ६ अर्ब बजेट 

 काठमाडौँ - सरकारले अधुरा आयोजना कार्यान्वयन गर्ने प्रयोजनका लागि साढे ६ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले चालु आर्थिक वर्षबाट सो प्रयोजनका लागि बजेट राख्न थालेको हो ।

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०र८१ का लागि ६ खर्ब ६७ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यो बजेट अधुरा आयोजना कार्यान्वयन कार्यक्रममा खर्च हुने भएको छ । चालु आर्थिक वर्ष २०७९र८० मा १ अर्ब ८७ करोड ५७ लाख रुपैयाँ बजेट खर्च हुने मन्त्रालयको संशोधित अनुमान छ ।