धादिङ खाल्टेमा मल बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ घाइते

 धादिङ - धादिङको खाल्टेमा ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु छ । ९ जना घाइते भएका छन् । 

निलकण्ठ नगरपालिका–५ खाल्टेको पतेनीबाट मल बोकेर पतेनी बेँसीतर्फ जाँदै गरेको बा २ ख ८९४७ नम्बरको ट्रक पिमलखोला नजिकै पालपाली टोलमा आज बिहान ९ बजे दुर्घटना भएको निलकण्ठ नगरपालिका(५ का वडाध्यक्ष रामबहादुर श्रेष्ठले जानकारी दिए । 

दुर्घटनामा घाइते भएका ९ जनाको उद्धार गरेर अस्पताल लैजाँदै गरेको वडाध्यक्ष श्रेष्ठको भनाइ छ ।