शेयर बजारमा २७ अंकको गिरावट, १३ वटै उपसूहका सूचकहरु ऋणात्मक  

काठमाडौँ - साताको अन्तिम सेयर कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । नेप्से परिसूचक २७.८४ अंकले घटेर २०८०.८७ विन्दुमा कायम भएको छ ।  अघिल्लो कारोबार दिन बुधबार  एकल अंकले घटेको सेयर बजार आज दोहोरो अंकले घटेर बन्द भएको हो ।

नेप्से ओरालो लागेसँग कारोबार रकम पनि घटेको छ । यसदिन ३०३ कम्पनीको १ करोड १४ लाख ८३ हजार ६१७ कम्पनीको ३ अर्ब ९४ करोड  ३५ लाख  ९२ हजार ३०२ रुपैयाँमा खरिदबिक्री भए । बुधबार ४ अर्ब माथिको सेयर कारोबार भएको थियो ।

आज दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। विन नेपाल लघुवित्त वित्तीय संस्था र मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो ।