चीनको सिनजियाङमा हिमपहिरो,अलपत्र परेका दुई सयभन्दा बढी नागरिकको उद्धार

एजेन्सी । चीनको सिनजियाङमा हिमपहिरोमा फसेका दुई सयभन्दा बढीको चिनियाँलाई प्रहरीले उद्धार गरेको छ ।

चीनको सिनजियाङको अल्ताय प्रान्तको राजमार्गमा हिमपहिरोले ५४ सवारी साधन र २ सय भन्दा बढी व्यक्ति फुसेका थिए । उनीहरु सबैलाई प्रहरीले उद्धार गरेको छ ।

२ घण्टाभन्दा बढीको प्रयासपछि बाटोमा अलपत्र परेका सवारीसाधनलाई खुला गरिएको हो ।