भियतनाममा लागु पदार्थ तस्करी र ओसारपसारको आरोपमा १८ जनालाई मृत्युदण्ड

 काठमाण्डौँ - भियतनाममा लागु पदार्थ तस्करी र ओसारपसारको आरोपमा १८ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ ।
मृत्युको फैसला सुनाइएका १८ जनामध्ये दुई जना दक्षिण कोरियाली नागरिक पनि रहेको अधिकारीहरुले जनाएका छन् ।

दक्षिण कोरियाका पूर्व प्रहरी अधिकारी ६३ वर्षीय किम सुन सिक र उनका ३० वर्षीय सहयोगी काङ सेओन होकलाई ४ दिनको सुनवाइपछि मृत्युदण्डको सजाय सुनाइएको हो ।

कम्युनिष्ट राष्ट्र भियतनाम लागुपदार्थ सम्बन्धी कानुनमा विश्वमै कडा राष्ट्रको रुपमा चिनिन्छ । गतबर्ष भियतनाममा एक सय जनाभन्दा बढीलाई मृत्युदण्डको सजाय सुनाएको थियो ।