श्रीलंकालाई हराउँदै भारत एसिया कपको फाइनलमा

काठमाडौँ - भारत एसिया कपको फाइनलमा पुगेको छ । कोलम्बोको प्रेमदासा रंगशालामा भएको सुपर फोर अन्तर्गतको दोस्रो खेलमा भारतले घरेलु टोली श्रीलंकालाई ४१ रनले हराउँदै फाइनलमा पुगेको हो ।

भारतले दिएको २१४ रनको लक्ष्य पछाएको श्रीलंकाले ४१.३ ओभरमा अल आउट हुँदै १७२ रन मात्र बनाएको थियो ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले ४९.१ ओभरमा अल आउट हुँदै २१३ रन बनाएको थियो ।

एसिया कपको जारी सुपर फोरको खेलमा भारतले पाकिस्तान र श्रीलंकालाई पराजित गर्दै २ खेलमा ४ अंक हासिल गरेको छ भने फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । अब भारतले सुपर फोरमा अन्तिम खेल बंगलादेशसँग खेल्ने छ । यसैगरी, अब भोलि हुने श्रीलंका र पाकिस्तानबीचको खेलले फाइनलमा पुग्ने टोलीको टुंगो लाग्नेछ । श्रीलंका र पाकिस्तानबीचको विजेताले भारतसँग फाइनल खेल्ने छ ।