नवलपुरको दाउन्नेमा भासियो सडक   

काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा सडक भासिएको छ ।

नवलपुरको दाउन्नेमा गए राति सडक भासिँदा मर्मतको लागि उक्त  स्थानमा मंगलबार दिउँसो १ः०० बजेसम्म यातायात सञ्चालनमा रोक लगाएको छ ।

विनयी त्रिवेणी गाउँपालिका-२ स्थित दाउन्ने बजारमा भासिएको सडकमा थप क्षति भएर समस्या हुनसक्ने भएकाले यातायात रोकेर मर्मत गर्न लागिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए।

यो खण्ड भएर यात्रा गर्ने यात्रुलाई वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको प्रनाउ पौडेलले बताए।