आजको मौसम : यी स्थानमा भारी वर्षा, सतर्क रहन अनुरोध

काठमाडौँ - आज  कोशी,  बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका  एक(दुई स्थानमा  भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज दिनभर नै देशभर साधारणतया बदली रहने बताउँदै मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने उल्लेख गरिएको छ ।  

आज राति पनि देशभर बदली रहने जनाइएको छ । आज राती पनि कोशी,मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने बुलेटिनमा उल्लेख छ ।  

आज राती कोशी, मधेश,बागमती, गण्डकी प्रदेशका  एक दुई स्थानमा  भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी,  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका  एक दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ । भारी वर्षा हुने स्थानमा रहने सबैलाई सम्भावित संकटबाट जोगिन सचेत रहन महाशाखाले अनुरोध गरेको छ ।