रास्वपा सांसद ढकालले बोल्दै गर्दा सभामुखले रोकेपछि सदन अवरोध

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सदन अवरोध गरेका छन्।

मंगलबारको प्रतिनिधिभामा आकस्मिक समयमा बोल्दै गरेका रास्वपा सांसद हरि ढकालको माइक सभामुखले बीचमै काटिदिएपछि अवरोध उत्पन्न भएको हो।

प्राकृतिक प्रकोपबाट सडक अवरोध भएको विषय उठाएर डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपभोग गरी महसुल तिर्न अटेर गरिरहेका उद्योगहरूको विषय उठाउन लागेका वेला सांसद ढकालको माइक काटिएको थियो। 

सभामुखले देवराज घिमिरेले टिपाइएको विषयभन्दा बाहिर बोल्न पाइँदैन भन्दै माइक काटेपछि रास्वपा र राप्रपा सांसहरूले उठेर विरोध जनाएका हुन्।