रास्वपा संसदीय दलको बैठक आज बस्दै 

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा संसदीय दलको बैठक आज बस्ने भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान संसदीय दलको बैठक आह्वान गरिएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

प्रतिनिधिसभाको बैठक  दिउँसो १ बजे बस्दैछ । सो बैठकअघि बिहान १०ः३० बजेका लागि रास्वपाको बैठक बस्न लागेको हो ।   प्रतिनिधिसभामा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।