पाँच किलो सुनसहित २ भारतीय नागरिक पक्राउ

 काठमाडौँ - पाँच किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३३ वर्षका सुरेश कुमार र ३४ वर्षका मोहन कुमार गणेशन रहेका छन् ।

विमानस्थल भन्सारबाट पास भएर वेलकम गेट नजिक आइसकेका उनीहरुलाई विमानस्थल प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो ।

फ्लाई दुबईबाट आएका उनीहरुले कपडामा सुनको लेप लगाएर आएको विमानस्थल प्रहरी कार्यालयले जनाएको छ । उनीहरुलाई अहिले गौशाला प्रहरी कार्यालयमा राखिएको र थप अनुसन्धानका लागि भन्सार कार्यालयमा बुझाउने तयारी भएको प्रहरीले जनाएको छ ।