तीनकुनेबाट कोटेश्वर जाँदै गरेको स्कुटर दुर्घटना, एक जनाको मृत्यु 

काठमाण्डौँ - काठमाण्डौमा आज भएको स्कुटर दुर्घटनमा एकजनाको ज्यान गएको छ । तीनकुनेबाट कोटेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२ ०२६ प ६००२ नम्बरको स्कुटर दुर्घटनामा परेको हो ।

दुर्घटनामा स्कुटर चालक काठमाण्डौ पेप्सीकोला बस्ने ५२ वर्षीय रामशरण केसीको ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।