बाँकेमा १६ सीमा स्तम्भ गायव !

काठमाण्डौँ - बाँकेका नदीनाला क्षेत्रमा रहेका १६ वटा नेपाल भारत सीमा स्तम्भ हराएका छन् ।

बाँकेमा भारतसँग जोडिएको ६५ किलोमिटर सीमा नाकाअन्तर्गत पाँच मुख्य र ११ सहायक गरी १६ सीमा स्तम्भ हराइरहेको सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल बागेश्वरी गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीले जानकारी दिए ।