त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खला : पीएनजीसँग ८६ रनको लज्जास्पद हार

 काठमाडौँ - नेपाली टोली हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि चुम्नबाट चुकेको छ । नेपाली टोली फाइनलमा बुधबार पपुवा न्यु गिनी पीएनजी सँग ८६ रनको फराकिलो अन्तरले पराजित भएको हो ।

पपुवा न्यु गिनी पीएनजीले नेपाललाई जितका लागि एक सय ७२ रनको लक्ष्य दिएको थियो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ७१ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा उत्रेको नेपाल १६.३ ओभरमा ८५ रनमा अलआउट हुन पुग्यो ।