म्यानमारसँग नेपाल पराजित, अक्टोबरमा वर्ल्ड कप छनोट खेल्ने

 काठमाडौँ - अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोली म्यानमारसँग पराजित भएको छ ।
म्यानमारको यांगोनस्थित थुवुना रंगशालामा भएको मैत्रीपूर्ण खेलमा नेपाल १–० गोल अन्तरले पराजित भएको हो ।

यसअघि म्यानमारसँगै भएको पहिलो मैत्रीपूर्ण खेल भने गोलरहित बराबरीमा टुंगिएको थियो ।
नेपालले अब अक्टोबरको अन्तर्राष्ट्रिय ब्रेकमा लाओससँग फिफा वर्ल्ड कप छनोटको पहिलो चरणको खेल खेल्नेछ । खेल दशरथ रंगशालामा अक्टोबर १२ र लाओसमा अक्टोबर १७ तारिखमा हुनेछ ।