असोज ३ गतेसम्म काठमाडौँ नछाड्न सांसदहरूलाई कांग्रेसको ह्विप  

काठमाडौँ । नेपाली कांग्रेसले असोज ३ गतेसम्म काठमाडौँ नछोड्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ।

असोज ३ गतेसम्म काठमाडौँ उपत्यका बाहिर नजान र बाहिर रहेका सांसदहरू यथाशीघ्र काठमाडौँ आउन भन्दै संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले बुधबार ह्विप जारी गरेका हुन्।

प्रतिनिधि सभामा कांग्रेसका ८८ जना सांसद छन्।

नेकपा एमालेले यसअघि मंगलबार नै आफन सांसदहरूलाई उपत्यका नछोड्न ह्वीप जारी गरिसकेको छ ।