प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डसँग भारतीय विदेश सचिवको भेट

 काठमाडौँ - पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले आज ललितपुरको खुमलटारमा रहेको निवासमा शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटका अवसरमा दुई पक्षीय र मित्रवत सम्बन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको माओवादीले जनाएको छ । यसका साथै उनीहरूबीच पारस्परिक सम्बन्ध अभिवृद्धि गर्ने विषयमा महत्वपूर्ण छलफल भएको बताइएको छ । भारतीय विदेश सचिव मिश्री दुई दिने नेपाल भ्रमणका क्रममा आज काठमाडौँ आइपुगेका हुन् ।